13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित

spot_img

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको विर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम मिना विश्वकर्मा निर्वाचित हुनुभएको छ । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।
संस्थाका संस्थापक अध्यक्ष शावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।

यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा सचिव भूमिका सुब्बाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img