20 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

निफ्रासहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति

spot_img

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ।

सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत चैत २४ गते थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।

स्वीकृति प्राप्त गर्ने कम्पनीहरुमा निफ्रासहित सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स र महालक्ष्मी विकास बैंक छन्।

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीहरुको संख्या ९५ पुगेको छ। यसअघि ८७ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरिसकेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img