14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

निर्वाचनको मुखमा प्रधानमन्त्री भारत गएकोमा ओलीको आक्रोस

spot_img

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रश्न उठाएका छन्। शुक्रबार अनेरास्ववियुको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणमा प्रश्न उठाएका हुन्।

उनले वर्तमान सत्ता गठबन्धन एमालेले चाहेका दिनसम्म मात्रै भएको टिप्प्णी समेत गरे। उनले एमालेले चाहेमा गठबन्धन सहजै तोडिन सक्ने दाबीसमेत गरे।

‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ। ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोधौँला,’ उनले भने।

‘गठबन्धन तबसम्म रहन्छ। जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन्। यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र ? केही गर्नुपर्दैन। छ्यास्स हावा खोलिदिए पछि सिद्धियो,’ उनले भने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img