13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

निलम्बित गभर्नरले दायर गरेको मुद्दाको पहिलो सुनुवाइ हुँदै

spot_img

काठमाडौं– सरकारले छानबिन समिति बनाएपछि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ। आइतबार दर्ता भएको रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ।

अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

उनले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् रुपमा काम कारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी पूर्ववत रुपमा नै काममा फर्किनेछन्।

अधिकारीमाथि सरकारले चैत २४ मा छानबिन समिति गठन गरेको थियो। सरकारले आफूलाई पूर्वाग्रह र गैरकानूनी रुपमा निलम्बन गर्ने निर्णय गरेको अधिकारीको दावी छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img