Sarokar News

Best News Forever

देश समाज राजनीति समाचार

नेकपा एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार (सूची)

काठमाडौ, नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवारहरुको टुंगो लगाएको छ । यसअघि सत्ता गठबन्धनमा भएको भागवण्डाको आधारमा नेकपा एसले निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो ।

नेकपा एसलाई पोखरा महानगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल र तुलसीपुरको उपमेयरको भाग परेको छ ।

नेकपा समाजवादीले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौँको उपमेयरमा रामेश्वर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना र इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *