काठमाडौ, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिस्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाल बनेको आरोप लगाएको छ ।
२५-२९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाल बनेको आरोप लगाएको छ ।
बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा कम्युनिस्ट पार्टीको भण्डाफोर गर्ने उल्लेख गरिएको छ ।