11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

spot_img

काठमाडौ, नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोली र स्थानीय क्लबसँग १–१ मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । यो खेल २४ मार्चमा हुनेछ ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि २७ मार्चमा मैत्रीपूर्ण खेल खेल्नेछ । दुबै खेल चोनबरीमा हुनेछन् ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटको समूह ‘ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन छन् ।

यो समूहको छनोट खेल कुवेतमा आयोजना हुनेछन् । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । उसले दोस्रो खेल ११ जुनमा कुवेत तथा तेस्रो तथा अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली तथा दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img