13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

नेपाली कांग्रेसका वरिष्ठ केन्द्रिय सदस्य डा. शेखर कोइराला २५ गते झापाको दमक आउँदै

spot_img

दमक/ नेपाली कांग्रेसको महाधिवेशन र सरकारमा पार्टीको सहभागिताको बिषय पेचिलो बनिरहेका बेला कांग्रेस सभापतिका दाबेदार डा. शेखर कोइरालाले अर्का शीर्ष नेता एवं सभापतिका दाबेदार कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला झापामा सक्रियता बढाएका छन । केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहसंग समेत निकट रहेर आगामी महाधिवेशनमा जाने तयारी गर्ने सम्भावना बोकेको कोइराला समुहले जिल्ला तथा क्षेत्र तह सम्म सक्रियता बढाएको हो ।

लामो समयदेखि झापामा रहेको नेता सिटौला पक्षको दबदबालाई चुनौती दिदैं डा. कोइराला नेतृत्वको समुहले झापामा सक्रियता बढाएको हो । हुन त डा. कोइराला भौगालिक हिसाबले झापासंगै जोडिएको मोरङका हुन । उनी पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवारका रुपमा हेरिएका नेता हुन ।

 

 

पार्टीमा निकटस्थहरुले कोइराला परिवारको नेतृत्वको अभाव खडकिरहेको दाबी गरिरहेका बेला डाक्टर कोइराला आगामी महाधिवेशनलाई लक्षित गर्दै झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्ताहरुसंगको भेटघाट तथा अन्तरक्रियाका लागि दमक आउने कार्यक्रम तय भएको हो । कांग्रेस झापा क्षेत्र नं ५ ले आगामी २५ फागुनमा दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गर्ने भेटघाट कार्यक्रमको प्रमुख अतिथीका रुपमा कोइराला आउने निश्चित  भएको हो  । पछिल्लो राजनीतिक घटनाक्रम संगै कांग्रेसको भुमिका के होला ? भन्ने जिज्ञासा कार्यकर्ता र शुभेच्छुकहरुमाझ बढिरहेको छ भने पार्टीमा नेतृत्व परिवर्तनको चर्को बहस चलिरहेको छ ।

झापामा पार्टीले आयोजना गर्ने हरेक जसो क्षेत्रीय तथा गाउँ÷ नागरस्तरका कार्यक्रममा समेत पूर्व महामन्त्री एवं सभापतिका अर्का दाबेदार नेता कृष्णप्रसाद सिटौलाको उपस्थिती हुने गरेको थियो । पछिल्लो समय कांग्रेस झापामा सिटौला इतरका समुहमाथि सिटौला समर्थक समुहले दबदबा बढाएका कारण सिटौलालाई चुनौती दिन कोइराला निकट कार्यकर्ताहरु आतुर भएका दाबी छ ।

दमकमा हुने क्षेत्रीयस्तरका अगुवा कार्यकर्ताहरुको भेलालाई डाक्टर कोइरालासंगै प्रखर मानिएका वक्ताहरु गुरुराज घिमिरे, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, महिला नेतृ सरिता प्रसाइँ लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।सवाल नेपाल अनलाईनबाट साभार

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img