काठमाण्डौं। नेपाल समाजवादी पार्टीको अध्यक्षमा डाक्टर बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन भएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो।
यस्तै सहअध्यक्षमा गंगा नारायण श्रेष्ठ, उयपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह चयन भएका छन् भने महासचिवमा रमेश यादव चयन भएका छन्।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले निष्कासन गरेपछि भट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन्। नयाँ पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षसहित पदाधिकारीहरू चयन गरेको हो।