20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

नेप्सेमा भारी गिरावट, बजार ४४.५६ अंकले ओरालो

spot_img

काठमाण्डौ । सेयर बजार सोमबार भारी अंकले ओरालो लागेको छ। बजार आज ४४.५६ अंकले ओरालो लागेको हो।

योसँगै नेप्से परिसूचक २४१९.८० को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ को विन्दूमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की आज बजार धेरैले कल्पना गरेभन्दा फरक देखिएको बताउँछन्। सकारात्मक खबरहरु बाहिर आउँदा पनि बजार घटेको छ’, उनले भने, सुरुमा बजार बढेको थियो । तर, पछि घट्न थाल्यो। यसमा चलखेल भएको पनि हुन सक्छ।’

बजार घट्न थालेपछि आमलगानीहरु आत्तिएको अवस्था सिर्जना भएको कार्की बताउँछन्। ‘बाहिर हल्ला गरेजस्तो देशको अर्थतन्त्र जटिल अवस्थामा पुगिसकेको छैन’, उनले भने।

आज अर्थमन्त्रीले पत्रकार सम्मेलन डोकेको र केही सकारात्मक सम्बोधन पनि गर्न सक्ने कार्कीको भनाइ छ। ‘त्यसैले बजार १–२ दिनमै फर्किन पनि सक्छ’, उनले भने।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार घट्नुको मुख्य कारण तरलतामा दबाब नै रहेको बताउँछिन्। लगानीकर्ताहरुले तिर्नुपर्ने पैसाका लागि ब्रोकरहरुले दबाब दिँदा पनि बिक्रीचाप परेको हुन सक्छ’, उनले भनिन्।

दुईवटा गुड न्युज आए पनि बजार रिजेक्ट गरेको तिवारीको भनाइ छ। ‘केही दिन बजार साइडवेजमा जाने र वैशाखबाट नयाँ महौल सिर्जना हुन सक्छ’, उनले भनिन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ४.६२ प्रतिशतले ओरालो लागेको छ।

- Advertisement -

जीवन बीमा समूह ३.१५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८८ प्रतिशत, व्यापार समूहमा २.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२२ प्रतिशत, विकास बैंक समूहमा १.५१ प्रतिशत, जलविद्युत समूहमा २.१४ प्रतिशत, वित्त समूहमा २.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२ प्रतिशत, लघुवित्त समूहमा १.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशत र लगानी समूहमा २.३५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ७ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७८ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ७५ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ८४ लाख रुपैयाँ र नागरिक लगानी कोषको ४ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन नेष्डो समृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। नेष्डोको सेयरमूल्यमा १० प्रतिशत तथा जाल्पाको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवैको कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img