13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

नेप्से परिसूचक १६.०४ अंकले बढ्यो, इमर्जिङको सेयरमा सर्किट

spot_img

काठमाडौ, नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशमलव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशमलव ७० अंकमा पुगेको छ ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ ।

नेप्सेमा ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ ।

मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् ।

सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img