Sarokar News

Best News Forever

अर्थतन्त्र

नेबिको बिस्कुटले ल्यायो नयाँ ४ प्रोडक्टः चिउरादेखि पिनट्ससम्म

काठमाडौ, नेबिको बिस्कुटले ४ वटा प्रोडक्ट सार्वजनिक गरेको छ। नेविकोले डी–५० डाइजेस्टिभ बिस्कुट, नाइस मिल्क कुकिज, कुरुम कुरुम चिउरा र पिनट्स बजारमा ल्याएको हो।

नेबिको टिमसहित नेबिकोका ब्रान्ड एम्बेसडर शिव श्रेष्ठले नयाँ प्रोडक्टको सार्वजनिक गरिएको छ। ५५ वर्षदेखि बिस्कुट उत्पादनमा पहिचान बनाउँदै आएको नेबिकोले नयाँ सेगमेन्ट ल्याएर आफ्नो दायरा फराकिलो बनाएको छ।

नेबिको प्रालिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजेश रौनियारले लामो समय बजारमा टिक्ने प्रोडक्ट बजारमा ल्याएको बताएका छन्।

उनले नेबिकोका प्रोडक्ट छिट्टै अस्ट्रेलियाको सहर सिड्नीमा समेत आफ्नो प्रोडक्ट बिक्री सुरु हुने जानकारी दिए।

कम्पनीका सीईओ केशव भट्टराईले नेबिकोलाई बिस्कुट भनेर चिनिए पनि अब त्यसको दायरा फराकिलो बनाउँदै गएको बताएका छन्।

बालाजुमा औद्यौगिक क्षेत्रमा स्थापना गरी बिस्कुट उत्पादन थालेको नेबिकोको कोकोनट, थिन आरोट, डाइजेस्टिभ बिस्कुट चर्चित रहेका छन्। पछिल्ला वर्षमा कन्फेक्सनरी उत्पादनले पनि बजारमा पहिचान बनाएका छन्।

नयाँ प्रोडक्ट डी–५० को मूल्य ५० रूपैयाँ, कुरूम करूम चिउराको ९५ रुपैयाँ, टायल कुकिज नाइस ब्रान्डमा ट्यान्सपरेन्ट प्याकेजको मूल्य ५० रुपैयाँ र नुनिलो पिनट बिक्री मूल्य २० रुपैयाँ तोकिएको छ।

कम्पनीका ब्रान्ड म्यानेजर अरूण पौडेलले नेबिकोले लन्च गरेका ९९ प्रतिशत बजारमा रहेको दाबी गरे। पौडेलले आगामी दिनमा बच्चा र युवाले मन पराएको सेगमेन्टमा चिज रिङ, डाइजेस्टिभको डी–सेन्ट केही हप्तामै सार्वजनिक गरिने बताए।

गत साउनमा नेबिको बालाजु उद्योगमा आगलागी भएपछि खरानीबाट नौलो सुरूवातको रूपमा योजना बनाइरहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *