14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

नोबेलका चिकित्सक यादवको हत्या आशंका, ६ जना नियन्त्रणमा

spot_img

विराटनगर, नोवेल मेडिकल कलेज विराटनगरका चिकित्सक मृत्यु प्रकरणमा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

विराटनगर-४ मा डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका २७ वर्षीय डा. विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको प्रहरी स्रोतले बताएको छ।

नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर यादवको हत्या भएको हो कि हैन भनेर प्रहरीले केही बताएको छैन।

सप्तरीको विष्णुपुर गाउँपालिका-१ का डा. यादवको शव उनी डेरा बसेको प्रेमबहादुर बस्नेतको घरको गेटभित्र बिहान भेटिएको थियो।

नाक र मुखबाट रगत बगेको तथा शरीरका अन्य भागमा चोट लागेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

घोप्टो परेको शव भेटिँदा दाहिने खुट्टा खाली थियो। शव फेला परेको स्थानबाट वरपर आलो रगत पनि भेटिएको डीएसपी श्रेष्ठले बताए।

बंगलादेशबाट एमबीबीएस गरेका डा. यादव चार वर्षदेखि अस्पतालमा कार्यरत रहेको नोबेलका प्रबन्धक नारायण दाहालले बताए। मोरङको कटहरीमा शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा पनि डा। यादव सहभागी भएका थिए।

शिविरबाट फर्किएका उनी भोलिपल्ट बिहान मृत फेला परेको प्रवन्धक दाहालले बताए। डा. यादवसहित तीन जना विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा रेस्टुरेन्टमा शुक्रबार रातिसम्म बसेको पाइएको छ।

- Advertisement -

उनीसँग इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरू) सप्लाइ गर्ने एक जना र अर्का सीए बसेका थिए। मदिरा सेवनसहित खाजानास्ता गरेर त्यहाँबाट तीनै जना एउटै स्कुटरमा यादवको डेरातिर गएको खुलेको प्रहरीले जनाएको छ।

यादव मृत फेला परेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी श्रेष्ठका अनुसार उनीहरूले यादवलाई डेराबाट लगभग ५० मिटर दक्षिणमा छाडेर आफूहरू फर्किएको बताएका छन्।

मृतक यादवको डेरानजिक शुक्रबार राति ११ बजेतिर ७/८ जनाको समूहबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। पहिचान भइसकेका झगडामा संलग्नलाई प्रहरीले शनिबार नै सोधपुछको दायरामा ल्याइसकेको जनाएको छ।

डा. यादवका आफन्तले हत्या भएको भन्दै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img