काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ।