Sarokar News

Best News Forever

खेलकुद मुख्य समाचार समाचार

पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी, कुशल र आरिफको अर्धशतक

काठमाडौ, आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। मंगलबार युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले १३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा ग¥यो। नेपाललाई जीत दिलाउने क्रममा दुई ब्याटरले अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गर्दा नेपालको ब्याटिङ सम्हालियो।

कुशलले ६४ बलमा ५० रन जोडे। अर्का ओपनर आसिफ शेख २ रनमै आउट भएपछि आएका आरिफले १०५ बलमा ५९ रन जोड्दै नटआउट रहे।

भुर्तेलले ४ चौका र एक छक्का हिर्काउँदा आरिफले ४ चोकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

आरिफसँग बलियो साझेदार गरेका रोहित पौडेल ४४ रनमा नटआउट रहे। उनले ४८ बलमा ५ चौका हिर्काए। दीपेन्द्रसिंह ऐरी भने शून्य रनमै आउट भए।

नेपालले टस जितेपछि फिल्डिङ रोजेको थियो। पपुवान्युगिनीलाई सस्तैमा समेट्न सोमपाल कामीले र सन्दीप लामिछानेले २÷२ तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सराफले १÷१ विकेट हात पारे।

कप्तान असाद भालाले सर्वाधिक ४५ रन जोड्दा पपुवान्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रन जोडेको थियो।

पपुवान्युगिनीविरुद्ध दुवै खेल जितेको नेपाल युएईसँग भने दुवै खेलमा पराजित भएको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *