20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर

spot_img

नवलपुर– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ।

अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ।

शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।

कानूनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img