20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी

spot_img

तनहूँ – एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ।

सरकारी वकिल कार्यालय नवलपरासीका अनुसार शाहमाथिको अनुसन्धान अन्तिम चरणमा रहेको र सम्भवतस् बुधबार नै जिल्ला अदालत नवलपुरमा अभियोगपत्र पेस गरिने छ।

पीडित नाबालिगका पिताले बलात्कारको मिति तोकेर जाहेरी दिएपछि मुलुकी फौजदारी अपराध संहिताअनुसार एक वर्षको हदम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले बुधबार नै अभियोगपत्र पेस गर्ने तयारी गरिएको हो।

शाहविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हदम्याद चैत ६ गतेसम्म भएकाले सरकारी वकिलले अनुसन्धान गरिरहेको प्रहरी कार्यालयलाई छिटो प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो। गत वर्षमा चैत ७ गते ती गायिकामाथि बलात्कार गरेको जाहेरीमा दाबी गरिएको थियो।

सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै आरोपित शाहलाई पनि पेस गर्ने कि तनहुँ जिल्ला अदालतमा थुनामा रहेको जानकारीसहितको अभियोगपत्र पेस गर्ने भनी महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो।

सरकारी वकिल कार्यालयले जबरजस्तीकरणीको आरोप लागेका शाहलाई पेस नगरी मुद्दा दर्ता गर्दा आइपर्ने कानुनी अप्ठ्याराका विषयमा राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतका न्यायाधीशहरुको समन्वयमा अभियोगपत्र दायर गर्ने प्रक्रिया गर्न सुझाएको थियो।

केही दिनदेखि उनीहरुले जिल्ला अदालतका न्यायाधीशहरुसँग मुद्दा प्रतिवादीसहित पेस गर्ने कि अभियोगपत्र मात्र गर्ने विषयमा छलफल गरेका थिए।

न्यायाधीशहरुले तनहुँ जिल्ला अदालतको अनुसन्धानका लागि थुनामा रहेको जानकारीसहित अभियोगपत्र पेस गर्न सकिने सुझाव दिएका थिए।

- Advertisement -

तनहुँमा अनुसन्धान अन्तिम चरणमा

बलात्कार आरोपमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पनि बलात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जाहेरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए।

त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सोही क्रममा नाबालिगको तर्फबाट नवलपुरमा समेत बलात्कार भएको भन्दै जाहेरी दर्ता भएको थियो। त्यसपछि बयानका लागि भन्दै फागुन २४ गते शाहलाई नवलपुर पुर्‍याइएको थियो।

एक सातासम्म नवलपुरमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो। नवलपुरबाट उनलाई मंगलबार तनहुँ पठाइएको नवलपुर प्रहरीले जानकारी दिएको छ।

नवलपुरमा शाहले आफूमाथि लागेको आरोप सत्य नरहेको भन्दै इन्कारी बयान दिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

यता, तनहुँ प्रहरीले आरोपीको बयान, पीडितको बयान, बलात्कार भएको भनिएको घरका मान्छेको बयान तथा सोधपुछ लगायतका काम सकिसकेको छ।

अनुसन्धानको काम सकिएकाले भोलि बुधबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ताको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ।

अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले पललाई साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ।

मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा तत्काल उपलब्ध प्रमाणको आधारमा अदालतले थुनामा पठाउन सक्ने उल्लेख छ।

अदालतले पीडित नाबालिगको पनि बकपत्र गर्नेछ। नाबालिग ‘होस्टाइल’भएर अदालतमा जाहेरीमा उल्लेख भएभन्दा फरक बयान दिइन् भने घटनाले अर्कै मोड लिन सक्छ।

बलात्कारको घटनामा जाहेरवाला पक्ष ‘होस्टाइल’ भएर अदालतमा बयान फेरेका धेरै उदाहरण छन्। ‘होस्टाइल’ भएर बयान फेरेको खण्डमा जाहेरवालालाई नै कारबाही हुन सक्नेसम्मको कानुनी प्रावधान छ।

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ। यस्तो कसूर गरेको ठहर भए १० वर्षदेखि १२ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ।

सँगै होटलमा बसेको हो, बलात्कार गरेको छैन

शाहले बयानमा आफूले बलात्कार वा बलात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्। सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धान टोलीसँग उनले सुटिङका लागि उक्त क्षेत्रमा पुगेको र होटलमा पनि बसेको तर त्यस्तै कुनै शारिरीक सम्बन्ध नभएको भन्दै आरोप इन्कार गरेका छन्।

उनले ती नाबालिग गायिकासँग बसेको र साथीको सम्बन्ध भएको तर अपराध नै गर्ने कुनै आफ्नो मनसाय समेत नभएको दाबी गरेका छन्। उनले यस्तो आरोप निराधार भएकाले अभियोगबाट सफाइ पाउनुपर्ने दाबी गरेका छन्।

शाहले आफूमाथि गलत आरोप लगाएको र फसाउने षडयन्त्रकासाथ आरोप लगाइएको दाबी समेत गरेका छन्। उनले पीडितसँग धेरै कार्यक्रम र सुटिङमा सँगै भएको तर, अपराधजन्य कार्य आफूले नगरेको बयान दिएका छन्।

तर, पीडितको परिवारले भने शाहले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिकित्सकीय परीक्षणमा पनि पीडितको आरोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दाबी गरिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img