11.1 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

पल शाह प्रकरणको तनहूँमा थुनछेक बहस सुरु, शाहको पक्षमा बहस गर्दै १० कानून ब्यावसायी

spot_img

काठमाडौ, कलाकार पल शाहविरुद्ध नाबालिग जर्बजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।

पल र उनका म्यानेजर कृष्ण जोशीको बयान सकाएपछि केही मिनेटअघि बहस सुरु भएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

कुँवरका अनुसार जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा बहस भइरहेको छ। अहिले जाहेरवालाका तर्फबाट तीनजना कानून व्यवसायीले बहस गरिसकेको अवस्था छ, अझै धेरै कानून व्यवसायीहरु छन्, बहस आज सकिँदैन, भोलिचाँही सकिने सम्भावना छ,’ स्रेस्तेदार कुँवरले भने।

कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीका तर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन्।

अरु एक–दुई जना थपिन सक्ने सम्भावना पनि छ’, उनले भने। जसको तर्फबाट बहस गर्ने हो, उसबाट वकालतनामा लिएर आउने कानून व्यवसायीले मात्रै अदालतमा बहस गर्न पाउँछन्।

थुनछेकको बहसमा दुवै पक्षको बहसपछि अदालतले आदेश जारी गर्नेछ। प्रतिवादी बनाइएका पल र उनका म्यानेजर जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्ने आदेश अदालतले गर्न सक्नेछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img