काठमाडौ, आज पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको अनुमान छ । बिहीबार देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।