10.2 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

पहाडी भू-भागमा चट्याङसँगै वर्षाको सम्भावना

spot_img

काठमाडौं– हाल पहाडी भू-भागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ।

आज (बिहीबार) दिउँसो प्रदेश १, मधेश, बागमतीका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

प्रदेश १, मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १ का साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थानमा तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै तराई भू-भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img