20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

पाँचवटा बाख्रा एक ठाउँ भएपनि भैंसी जत्रो हुँदैन् : अध्यक्ष ओली

spot_img

बझाङ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्।

सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए।

उनले पाँच दललाई बाख्राको संज्ञा दिए। पाँचवटा बाख्रा एक ठाउँमा भएपनि भैंसी जत्रो हुँदैनु, उनले भने, उहाँहरु एमालेसँग चुनाव लड्न सक्नु हुन्न। बरु तल तल आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार छन्।

उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने पनि बताए। एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ त्यो भाँचिन्छु, उनले भने, एमाले अलिकति पछाडि सरेको छ।

तर, पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो होला, तपाईंहरुलाई त थाहै होला।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img