काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा पाँच हजार ४१८ जनाको नमुना परीक्षण गर्दा थप ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।
यही अवधिमा १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ उपत्यकामा २६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंमा २५ र ललितपुरमा १ जना रहेका छन् ।