13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

spot_img

एजेन्सी, पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्।

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ। उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन्।

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो। प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए।

पाकिस्तानमा तात्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए।

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img