14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

पार्टीपंक्तिले भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्छ : डा. कोइराला

spot_img

तनहूँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा कांँग्रेस उम्मेदवारहरुलाई भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्न आग्रह गरेका छन्। भ्यूटावर बनाउने पैसा अस्पताल तथा स्कुल बनाउन खर्च गर्नुपर्ने उनको भनाइ छ।

म नेपाली कांँग्रेसका साथीहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। तपाईंहरुले वडा र गाउँपालिकाको घोषणापत्र त बनाउनुहुन्छ। हामी भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुस्।

भ्यूटावर बनाउँदा जति खर्च लाग्छ, त्यो खर्च अस्पताल, स्कुलमा खर्च गर्नुभयो भने त्यो नै हाम्रो लागि अत्यन्त राम्रो हुन्छ भन्ने लाग्छु, आइतबार तनहुँको बन्दिपुरमा सिमलटार खानेपानी आयोजनाुको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

डा. कोइरालाले विकासका नाममा फजुल खर्च भइरहेको बताए। खानेपानी, सडक, बिजुली, अस्पताल, स्कुल बनाउन पैसा छैन भन्छौँ। तर, हामी भ्युटावरमा फजुल पैसा खर्च गर्छौँ। मधेसमा गेट बनाइरहेका छन्। सडकसडकमा गेट देखिन्छु, उनले भने।

डा. कोइरालाले सिमलटारबासीलाई शिक्षा, स्वास्थ्य र सडकको इच्छा गर्न र त्यो आफूले पुर्‍याउने प्रतिज्ञा पनि गरे। मेरो हजुरबुबा कृष्णप्रसाद कोइरालाको थोत्रो बक्सा थियो। त्यो खोल्दा पैसा हुँदैनथ्यो, केही हुँदैनथ्यो।

त्यसमा एउटा कुरा लेखेको थियो( तिमी इच्छा गर, म पूरा पुर्‍याउँछुु, उनले भने, तपाईंहरु इच्छा गर्नुस्, शिक्षाको निम्ति, स्वास्थ्यका निम्ति, सडकका निम्ति इच्छा गर्नुस्। म पुर्‍याउँछु।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img