13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

पार्टीभित्र कुनै तिक्तता छैन : डा. शेखर कोइराला

spot_img

काठमाडौं– नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांँग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।

कांँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित वर्तमान अवस्थामा नेपाली कांँग्रेसको भूमिका विषयक सभालाई सम्बोधन गर्दै उनले पार्टी एक रहेको बताएका हुन्। कांँग्रेस प्रतिपक्षमा रहँदा एउटा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी नभएको उनको भनाइ थियो।

सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांँग्रेस चुनावमा नजाने भन्दै कोइरालाले कांँग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेबताऐ। ‘कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो,’ उनले भने ‘गठबन्धनका आगामी चुनावसम्मका लागि होइन।’

उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने बताए। लोकसेवा उत्तीर्ण राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार उनले व्यक्त गरे।

महामन्त्री गगनकुमार थापाले कांँग्रेसको १४औँ महाधिवेशनले एउटा थिति बसालेको बताउँदै कांँग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे।

उनले एमसिसी देश र जनताकै हित रहेको बताए। साथै, आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा उनले जोड दिए।

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img