14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

पीएनजीमाथि नेपालको २ बिकेटको संघर्षपूर्ण जीत

spot_img

काठमाडौ, रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ् खेलेपछि नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको छ।

दोस्रो ओभरमा कुशल भुर्तेलले १ रनमै विकेटकिपर डोबाडो बाउलाई क्याच थमाए। अर्को ओभरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल(४)लाई नोर्वमान भानावले एलबीडब्लुको सिकार बनाए।

नवौं ओभरमा लयमा रहेका दीपेन्द्रसिंह ऐरी ८ र लगत्तै आसिफ सेख १६ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो।

४२ रनमा ४ विकेट गुमाइसकेको नेपालका इनिङ्सलाई रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ्स खेल्दै अघि बढाए।

रोहितले ७१ बलमा ४ चौकासहित आफ्नो अर्धशतक पूरा गरे। ओडिआईमा चौथो अर्धशतक हिर्काएलगत्तै ३८ औं ओभरमा उनलाई रिले हुकारेले आउट गरे। ८२ बल खेलेका रोहितले ५८ रन जोडे।

आरिफ सेखपनि अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए। ८६ बलमा उनले २ चौकासहित ५४ रन जोडे। जुन राष्ट्रिय टोलीबाट उनको पहिलो ओडिआइ अर्धशतक हो।

२५ बल खेलेका विनोद भण्डारी १२ रनमै आउट भए। सोमपाल कामी ७ रनमा आउट भए।

त्यसअघि यूएईको सारजहामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो।

- Advertisement -

उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे।

यस्तै चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img