11.1 C
Nepal
Friday, December 2, 2022
spot_img
spot_img

पुटिनलाई एलन मस्कको चुनौती – युक्रेन मामिलामा एक्लै भिड्न तयार हो?

spot_img

एजेन्सी, अमेरिकी बिलिनियर एलन मस्कले रुसी राष्ट्रपति भलादिमिर पुटिनलाई एक्ला-एक्लै भिड्नका लागि चुनौती दिएका छन्। उनले विजेताले नै युक्रेनको भविष्य निर्धारण गर्नेसमेत बताएङ्का छन्।

एलन मस्कको उक्त चुनौतीलाई युक्रेनी राजनीतिज्ञहरुले स्वागत गर्दै रुसको गालामा झापड प्रहार भएको बताएका छन्। किभका मेयर भिताली किलस्च्कोले मस्कको उक्ट ट्विटमा तीनवटा पाखुराको इमोजी पठाएका छन्।

रुसी राष्ट्रपति पुटिनले भने मस्कको उक्त चुनौतीमा कुनै प्रतिक्रिया दिएका छैनन्। रुसले युक्रेनमाथि आक्रमण थालेदेखि नै मस्कले युक्रेनको समर्थन गर्दै आएका छन्।

यही महिनाको सुरुवाताम मस्कको क्यालिफोर्नियास्थित कम्पनीले युक्रेनलाई स्टारलिंकमार्फत इन्टरनेट पहुँच कायम राख्‍नका लागिर स्याटेलाइट डिसहरु उपलब्ध गराउने घोषणा गरेका थिए।

रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img