जनकपुर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख साह र उपप्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले आज दिउँसो राजीनामा दिएका छन् । नगप्रमुखसहित केही वडाध्यक्षहरूले पनि राजीनामा दिएका छन् । मिश्रले भनिन्, ‘मलगायत नगरप्रमुख र वडाध्यक्षहरू उपमहानगरको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’
उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरूले राजीनामा पत्र बुझाएको मिश्रले जानकारी दिइन् ।
नगरप्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिँदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।