13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

पुनः काममा फर्किए २४ घण्टामै राजीनामा दिएका श्रीलङ्काका अर्थमन्त्री

spot_img

एजेन्सी, यसै साताको सुरुमा अर्थमन्त्रीमा नियुक्त भई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन्।

उनलाई गत सोमबार राष्ट्रपति गोताबाय राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए । यद्यपि सबारीले एक दिनपछि राष्ट्रपतिलाई राजीनामा बुझाएका थिए । तर, राष्ट्रपतिले यसलाई स्वीकृत भने गरेका थिएनन् ।

शुक्रबार संसद्मा बोल्दै उनले अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । अरू कसैले अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपतिले राजीनामा स्वीकृत गर्न नमानेपछि अर्थमन्त्रीका रूपमा आफ्नो कामलाई निरन्तरता दिने उनले बताएका छन्।

सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रूपमा रहन र आवश्यक काम गर्न तयार छु ।”

श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

पूर्वगभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध

यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले हालै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलम्बोस्थित एक अदालतले सोमबार राजीनामा गरेका अजिथ काबराललाई उनीविरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ ।

- Advertisement -

अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो । राष्ट्रपति राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका काबराल श्रीलङ्काको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय सङ्कटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले बताए ।

टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा यस संस्थाको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’का लागि जिम्मेवार भएको अदालतमा बताएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए । रासस/सिन्ह्वा

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img