13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड

spot_img

एजेन्सी, मिस वर्ल्ड २०२१ को उपाधि पोल्यान्डकी सुन्दरीले जितेकी छन्।

नेपाली समयानुसार बिहीबार बिहान पुएर्टो रिकोस्थित सान जुआनमा भएको प्रतिस्पर्धामा पोल्यान्डकी कारोलिना बिएलावस्का मिस वर्ल्डको उपाधि लिन सफल भएकी हुन्।

अमेरिका, मेक्सिको, उत्तरी आयरल्यान्ड र आइभरी कोस्टका प्रतिस्पर्धीलाई पछि पार्दै कारोलिनाले उपाधि जितेकी हुन्। कोरोलिनालाई सन् २०१९ की मिस वर्ल्ड टोली–एन सिंहले मिस वर्ल्डको ताज पहिर्याइदिएकी हुन्।

प्रतियोगितामा अमेरिकाकी श्री साइनी दोस्रो र आइभरी कोस्टकी ओलिभा यास तेस्रो भएका छन्। मिस वर्ल्डको उपाधि जितेकी कोरोलिना अहिले व्यवस्थापन संकायमा मास्टर डिग्री पढिरहेकी छन्।

साथै उनी मोडलका रूपमा कार्यरत पनि छिन्। मोटिभेसनल स्पिकर बन्ने चाहना रहेको उनले बताएकी छन्। उनी सामाजिक कार्यमा पनि सहभागी भइरहेकी छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img