Sarokar News

Best News Forever

मनोरन्जन

प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन, सर्जकलाई किन धम्क्याउने : डा. भट्टराई

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन्।

माओवादी जनयुद्धबाट पीडित बनेका कार्यकर्ताको पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष डा. भट्टराईले गीतप्रति टिप्पणी गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा गीतबारे टिप्पणी गर्दै गीतले जनयुद्धको विरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *