Sarokar News

Best News Forever

गण्डकी प्रदेश देश समाज राजनीति समाचार

प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन जरुरी छ : वरिष्ठ नेता पौडेल

तनहुँ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन कायम राख्न जरुरी रहेको बताएका छन् ।

बुधबार व्यास नगरपालिकाको ३० औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘सत्ताको लागि हैन, लोकतन्त्रको र परिवर्तनको रक्षा गर्न प्रतिगमनलाई बलियो बनाउन नदिन गठबन्धन गरिएको हो’ वरिष्ठ नेता पौडेलले भने ।

लोकतन्त्रको रक्षा गर्न परिवर्तनको रक्षा गर्न लोकतन्त्रको मूल्य र मान्यताको बाटोमा देशलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ’ वरिष्ठ नेता पौडेलले भने ।

नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीद्वारा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र प्रतिगमनको पाइला चालेको आरोप लगाउँदै फेरि पनि प्राप्त उपलब्धिलाई मिच्ने अहिले पनि जोखिम रहेकोले गठबन्धनको आवश्यकतामा जोड दिए ।

देश ठिक ठाउँमा हुन राजनीति ठिक ठाउँमा हनुपर्ने उल्लेख गर्दै उनले सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सही ठाउँमा राख्न आफूले ध्यान दिएको बताए ।

देशलाई जिताउने क्रममा आफूले हार्नुपरेको पौडेलको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेलगायतले गठबन्धनको शक्तिले सरकार परिवर्तन भएको र आगामी नेतृत्वको लागि पनि गठबन्धन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *