14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

spot_img

काठमाडौँ । प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।
यसअघि आइतबारको संसद् बैठक पनि ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली करिब ४० मिनेट बसेर बाहिरिएका थिए । बुधबार प्रधानमन्त्री बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका अधिकांश मन्त्रीहरू पनि बैठक छाडेर हिँडेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img