काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा मात्र उमेद्वारी दिन पाउने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच प्रतिनिसिभाका लागि नेपाली कांग्रेसलाई ८६ सिट दिने सहमति गरेसँगै कांग्रेसले ८६ सिटका लागि मात्र उमेद्वारी दिन पाउने भएको हो ।
योसँगै उनीहरुले १६५ सीटको भागबण्डा लगभग मिलाएका छन् । कांग्रेसलाई ८६ सीट दिएर बाँकी सीट चादलले मिलाएर लिने सहमति भएको छ । कार्यदलमा भएको सहमति आज सार्वजनिक गरिने श्रोतको दाबी छ ।
आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको हो । कार्यदल बैठकले गरेको सहमति अन्तर्गत चारदलमा मिलाउन बाँकी छ ।
कार्यदलको सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत कांग्रेसले ८६ सिटमा चित्त बुझाएको प्रतिक्रिया दिनु भएको छ । अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुने उहाँको भनाई छ । यसको जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।
प्रचण्डले कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई जिम्मा दिइएको हो । अब बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने श्रोतले बतायो । बैठकमा प्रतिवेदन तयार गरेर लिपिबद्ध गर्ने र सिट संख्याबारे भएको निर्णय सार्वजनिक गर्ने तयारी छ ।