11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

प्रधानमन्त्री देउवाको गृहजिल्लामा गठबन्धन हुने सम्भावना टर्दै, माओवादी र समाजवादीले गर्न थाले उम्मेदवार सिफारिस

spot_img

डडेलधुरा– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका दलहरुले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका छन्।

कांँग्रेस डडेलधुराको विवादका कारण तालमेल हुने सम्भनाव कम रहेको भन्दै गठबन्धनका दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका हुन्।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्षसहित बहुमत वडाध्यक्ष जितेको अजयमेरु गाउँपालिकामा वर्तमान अध्यक्ष उमेशप्रसाद भट्ट विकास दोहोरिने भएका छन्।

नेकपा माओवादी केन्द्र डडेलधुरा जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका भट्टलाई पुनस् गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सिफारिस भएको छ।

माओवादी केन्द्रको अजयमेरु गाउँपालिका समितिको पूर्ण बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिका समिति अध्यक्ष गणेश पाण्डेयले बताए।

देशभरका स्थानीय तहमध्ये कार्यसम्पादन मुल्याङ्कनमा अजयमेरु गाउँपालिकालाई पहिलो बनाउन सफल अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए। २०७४ सालको निवार्चनमा माओवादी केन्द्रले त्यहाँ ५ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

एउटा वडाध्यक्ष काँग्रेसले जितेको थियो। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टका भाइ हुन्। कार्यसम्पादन मूल्यांकनमा अजयमेरु गाउँपालिकालाई देशकै पहिलो स्थानमा राखिएको थियो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो।

- Advertisement -

माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षको उम्मेदवार भने टुंग्याएको छैन्। एमालेबाट अजयमेरु गाउँपालिका अध्यक्षको उम्मेदवार अधिवक्ता पदम पाल सिफारिस भएका छन्। उपाध्यक्षमा अधिवक्ता आरती जोशी उम्मेदवार हुने चर्चा छ।

यस्तै, गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले गन्यापधुरा गाउँपालिकाको अध्यक्षका लागि २ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।

देउवाको गृहपालिकासमेत रहेको गन्यापधुराको अध्यक्षका लागि एकीकृत समाजवादीले नरबहादुर बिष्ट र यादव जोशीको नाम सिफारिस गरेको छ। बिष्ट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा डडेलधुरा जिल्ला इञ्चार्ज हुन् भने जोशी सामाजिक अभियन्ता हुन्।

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा कांँग्रेसका स्पष्ट २ गुट छन्। सभापति देउवा (संस्थापन) पक्ष गठबन्धनको पक्षमा छ भने पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्।

७ स्थानीय तह रहेको डडेलधुरामा २०७४ सालको निवार्चनमा कांँग्रेसले ४ स्थानीय तहको प्रमुख जितेको थियो। नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले १ स्थानीय तह जितेको थियो।

नेकपा एमाले विभाजन हुँदा नवदूर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र विष्टले एकीकृत समाजवादी रोजेका थिए। यस्तै, अमगरगढी नगरपालिकाकी उपप्रमुख संगीता भण्डारीले पनि एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेकी थिइन्।

गठबन्धन हुने अवस्थामा डडेलधुरामा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा दाबी गर्दै आएका छन्। माओवादी केन्द्रले अजयमेरु गाउँपालिका, परशुराम नगरपालिका र आलीताल गाउँपालिकामा दाबी गर्दै आएको छ।

एकीकृत समाजवादीले नवदूर्गा गाउँपालिकासँगै आलीताल गाउँपालिका वा गन्यापधुरा गाउँपालिकामध्ये १ पालिका गरी २ पालिकामा प्रमुख पाउनुपर्ने दावी गर्दै आएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img