12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

प्रधानमन्त्री देउवाले गरे वृद्धाश्रम शिलान्यास

spot_img

वाराणसी, भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो। नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ।

यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।

भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ। यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतबार दिवाभोजको आयोजना गरेका थिए ।

त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री देउवा अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् । साँझ नयाँदिल्लीबाट स्वदेश फर्किने कार्यक्रम छ।

रासस

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img