13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

spot_img

काठमाडौं– भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज त्यसतर्फ प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत जान लागेका हुन्।

देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ। नेपाली टोली सोही एयरलाइन्सबाट चैत २० गते साँझ ६ः१०मा स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले आजै अपराह्न भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ। शनिबार बिहान ११ः१० बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ। दुई प्रधानमनत्रीबीचको भेट हैदरावाद हाउसमा तय भएको छ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारतको द्विपक्षीय बैठक बस्ने र दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ।

शनिबार नै दुई देशका प्रधनमन्त्रीले जयनगर–कुर्था रेलको समेत उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आइतबार बिहान उत्तर प्रदेशको वाराणासी पुग्ने छन्।

 

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणासहित परराष्ट्रमन्त्री नारायण खड्का, उर्जामन्त्री, स्वास्थ्यमन्त्री, कृषिमन्त्री, सचिवहरु तथा पदाधिकारीसहित ५० जना सहभागी रहनेछन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img