काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता जारी छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
पार्टीलाई चुनावमा सहभागी हुने वातावरण तयार गर्न विप्लव नेकपाले माग गर्दै आएको थियो। सोही विषयमा छलफलका लागि महासचिव र प्रवक्ता बालुवाटार पुगेको नेकपा स्रोतले जानकारी दिएको छ।
स्थानीय तहको निर्वाचनअघि आफ्नो दलका नेता-कार्यकर्ता छुटाउन उक्त पार्टीले दबाब बढाउँदै लगेको छ।