एजेन्सी, इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित भएको छ।
खेलको १६ औं मिनेटमा नै १ गोल खाँदै पछि परेको आर्सनलले खेलको २४ औं मिनेटमा अर्को गोल खान पुग्यो।
यससँगै पहिलो हाफमा २–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा पनि गोल गर्न सकेन। दोस्रो हाफको ७४ औं मिनेटमा पेनाल्टीमार्फत क्रिस्टल प्यालेसले अर्को गोल थप्यो।
यससँगै २९ खेलबाट ५४ अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा यथावत छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले ३० खेलबाट ७३ अंक हात पारेको छ। दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ७२ अंक छ।