13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

प्रेस सेन्टर झापाको अध्यक्षमा पाठक सर्वसम्मत चयन

spot_img

दमक – प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् ।

संगठनको झापाको कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा शनिवार भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संगठनकी उपाध्यक्ष सुश्मा कुमालले गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गद्धाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिबासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भुमिका सुब्वा, सुकेडाँगी सामुदायिक बन उपभोक्ता समुहकी अध्यक्ष शान्ति उपाध्यक्ष घिमिरे, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लीलाराज झापाली, दयाराम दाहाल, संगठनका प्रदेश महासचिव सुजन तिम्सिना, मोरङ अध्यक्ष अर्जुन आचार्य, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली, फोटो पत्रकार संघका अध्यक्ष बिनोद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img