13.5 C
Nepal
Tuesday, November 29, 2022
spot_img
spot_img

प्सेमा सामान्य वृद्धि, कारोबार पनि थोरै बढ्यो

spot_img

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ।

आज बजार ४.९४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २३२५.४५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०६ प्रतिशतले बढेर ४४३.१४ को विन्दुमा पुगेको छ। आज डेढ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला बजार धेरै दिन घटेकोले आज सकारात्मक बनेको बताउँछन्। ‘यसले बजार केही माथि जानेजस्तो देखिन्छ’, उनले भने, ‘तर, सामाजिक सञ्जालहरुमा फेक आईडी खोलेर विभिन्न व्यक्तिले नयाँ लगानीकर्ताहरुलाई तर्साउने काम भएको छ।

यसमा नियामक निकाय सचेत हुन आवश्यक छ।’

यस्ता गतिविधिले लगानीकर्ताको मनोबल गिरेको खण्डमा भोलि बजार कसैले चाहेर पनि सुधार हुन नसक्ने अवस्था आउन सक्ने बास्तोला बताउँछन्।

‘अहिलेको अवस्थामा पनि बजार सुधारका लागि नियामक निकायहरुले तत्काल केही कामहरु गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘आगामी बजेबाट पुँजीगत लाभकर घटाउनुपर्छ। किनकि अहिले लगानीकर्ताहरुले घाटामा पनि कर तिर्नुपर्ने अवस्था छ। यसलाई वार्षिक रुपमा मिलान गर्ने व्यवस्था हुनुपर्छ।’

बजारको विकासका लागि ब्रोकरका शाखा थप्ने र एनआरएन र संस्थागतलाई भित्र्याउने कार्य गर्नुपर्ने बास्तोला बताउँछन्।

सक्रिय लगानीकर्ता विष्णु भुसाल आज बजार फेरि पुरानै ठाउँमा आएर फर्किएको छ। ‘यसले बजारमा बुलिस नसकिएको अवस्थालाई संकेत गरेको छ’, उनले भने, ‘सकारात्मक समाचार आएमा बजार माथि नै पनि जान सक्छ।’

- Advertisement -

आज घटेको विन्दूमा ३०–४० अंकले बजार बढेको भुसाल बताउँछन्। ‘यसले लगानीकर्ताको मनोविज्ञान बलियो हुँदै गएको संकेत गर्छ’, उनले भने, ‘विस्तारै पर्ख र हेरको अवस्था बसेका लगानीकर्ता पनि प्रवेश गरेमा बजार माथि नै जानेछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा समूहमा रातो पोतिएको छ।

यो दिन अन्य समूह सर्वाधिक २.०५ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.०४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.८९ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.५९ प्रतिशत र लगानी समूहमा ०.४४ प्रतिशतको बढोत्तरी भएको भएको छ।

आज व्यापार समूह सर्वाधिक ०.८५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ३ करोड ४४ लाख रुपैयाँ, छिमेक लघुवित्तको ३ करोड २६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३ करोड २४ लाख रुपैयाँ, निफ्राको ३ करोड २४ लाख रुपैयाँ र अपी पावरको २ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक र ग्रीन भेन्चर्सका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img