20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

फिफा विश्वकप २०२२ : पूर्वविजेता स्पेन र जर्मनी एकै समूहमा

spot_img

एजेन्सी, कतार फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणमा पूर्वविजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन्।

कतारको दोहामा शनिबार आयोजित ‘ड्र’ समारोहमा स्पेन र जर्मनी दुवै समूह ‘ई’ मा परेका हुन्। यस समूहमा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन्। दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्यूजिल्यान्ड खेल्नेछन्।

समूह ‘ए’ मा आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर छन्। त्यस्तै, समूह ‘बी’ मा इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ। उक्त प्लेअफमा वेल्सले स्कटल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ।

यता, अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ। यस समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरब परेको छ। साविक विजेता फ्रान्सको समूह ‘डी’ मा रहेको छ।

फ्रान्सले यस समूहमा रहेका डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछ। उक्त प्लेअफमा अस्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ। समूह ‘एफ’मा रहेको बेल्जियमले मोरक्को, क्यानडा र क्रोएसियासँग खेल्नेछ।

यस्तै, समूह ‘जी’मा रहेको ब्राजिलले सर्बिया, क्यामरुन र स्विटजरल्यान्डसँग खेल्नेछ। पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह ‘एच’ मा रहेका छन्।

हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन्।

Image

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img