11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

फेरि कांँग्रेसमा फर्किए एक साताअघि एमाले प्रवेश गरेका साह

spot_img

जनकपुर , केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । शनिबार नेपाली कांँग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले साहलाई पार्टी प्रवेश गराएका हुन् ।

साह आफ्ना केही समर्थकसहित शनिबार एमाले परित्याग गरी नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । उनी करिव एक हप्ता अगाडि एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै साहले आफू दबावमा आएर केही दिनअघि मात्र एमाले प्रवेश गरेको बताए । उनले आफू पुनः आफ्नो पुरानो घरमा फर्केको प्रतिक्रिया दिए ।

उनले भने, ‘कांँग्रेसलाई सवल र एकजुट भई अगाडि बढाउने उद्देश्यका साथ म पुनः आफ्नो पुरानो घरमा फर्किएको छु । अब यसलाई नै अगाडि बढाउने छु ।’

पार्टीका जिल्ला सभापति योगेन्द्र पजियारले आसन्न निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा उपमेयरसहित अधिकांश वडामा कांँग्रेसका उम्मेदवारहरू जित्ने दाबी गरे । उनले आगामी दिनमा नेपाली कांँग्रेसकै नेतृत्वमा सरकार निर्माण हुनेसमेत उनले दाबी गरे ।

साहलाई पार्टी प्रवेश गराउन कांँग्रेसका क्षेत्रीय सभापति, जिल्ला सभापति, नगर उपसभापतिलगायतका नेताहरुले पहल गरेका थिए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img