12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १६० रुपैयाँ लिटर, ग्यास प्रतिसिलिण्डर १ हजार ६०० रुपैयाँ

spot_img

काठमाडौं– नेपाल आयलग निगमले फेरि इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर कायम गरेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलरले बढाएको छ। मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत समायोजन गरेको छ। समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ६०० रुपैयाँ पुगेको छ।

रसिया र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य नै उच्च रहिरहेको र भारतबाट नयाँ मूल्यसूचि प्राप्त भएको अवस्थामा इन्धनको मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

नयाँ मूल्य समायोजन पश्चात पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ। चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img