13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

फेसबुकदेखि टिकटकसम्मलाई यस्तो छ स्थानीय तह निर्वाचन आचारसंहिता

spot_img

काठमाडौं– निर्वाचन आयोगले आउँदो स्थानीय तह निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगले सामाजिक सञ्जाललाई लक्षित गरेर पनि आचारसंहितामा जारी गरेको छ।

राजपत्रमा प्रकाशित भएको आचारसंहिताको दफा ४ मा फेसबुक, ट्विटर, युट्युब लगायतलाई लक्षित गरेर आचारसंहितामा व्यवस्था गरेको हो।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने भनिएको छ।

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न नहुने उल्लेख छ। त्यस्तै, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वैषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने भनिएको छ।

त्यस्तै, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने भनिएको छ।

त्यस्तै, कुनै प्रयोजनका लागि प्रकाशन भएको वा प्रसारण भएको सूचना वा सामाग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा श्यर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ।

कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता समग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने आचारसंहितामा भनिएको छ।

आचारसंहिताको दफा २ मा सामाजिक सञ्जालको परिभाषा समेत गरिएको छ। सामाजिक सञ्जाल भन्नाले एसएमएस, फेसबुकदेखि टिकटकसम्म लाई समावेश गरेको छ।

- Advertisement -

No description available.

No description available.

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img