11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

बजार २५०० भन्दा तल, कारोबार पनि घट्यो

spot_img

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार १४.८८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४९८.९३ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४६ प्रतिशतले घटेर ४६६.५६ को विन्दूमा ओर्लेको छ। कारोबार डेढ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल अहिले बजार घट्नुको मुख्य कारण चैतको प्रभाव नै रहेको बताउँछन्। बजारमा घाटा खाएर सेयर बेच्न नचाहेको अवस्था देखिएको छ’, उनले भने।

वैशाखको पहिलो साताबाट बजारले गति लिन सक्ने लम्साल बताउँछन्। ‘ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने, ‘राष्ट्र बैंक र बैंकरहरुबीच छलफल चलिरहेको सुन्नमा आएको छ। केही सकारात्मक कुरा बाहिर आउने सम्भावना छ।’

प्राविधिक रुपमा पनि अब बजार घट्ने क्रम रोकिँदै गएको लम्साल बताउँछन्। बजार जानकार सरोज भट्टराई बजारले सपोर्ट लिन खोजिरहेको बताउँछन्। ‘२५०० को आसपासमा सपोर्ट देखिन्छ’, उनले भने, त्यहाँबाट तल गएमा अझै केही करेक्सन हुन सक्ने देखिन्छ।’

बजार अहिले मुख्यगरी तरलता संकटकै कारण प्रभावित भइरहेको भट्टराईले बताए। ‘तरलता सहज भएसँगै बजार पनि सकारात्मक हुन सक्छ’, उनले भने।

यतिबेला राम्रा र बलिया कम्पनीको सेयर उठाउने अवसर पनि रहेको भट्टराईले बताए। कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक हुन थालेपछि बजार फर्किन सक्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १।६५ प्रतिशतले ओरालो लागेको छ।

- Advertisement -

व्यापार समूह १.३४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा ०.६ प्रतिशत, जलविद्युत समूहमा ०.८५ प्रतिशत, वित्त समूहमा ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत, अन्य समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा ०.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.११ प्रतिशत र लगानी समूहमा ०.६९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३४ लाख २९ हजार ९१७ कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन इमर्जिङ नेपालको सर्वाधिक ६ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको आज सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २४ लाख रुपैयाँ, निफ्राको ३ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ७५ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन दुईवटा लघुवित्तको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। इमर्जिङ नेपालको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img