20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक पर्ने

spot_img

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ ।

आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्नेछ ।

कानून बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालभर कायम रहनेछ । साथै सूचीमा रहेका व्यक्तिको नाम फिर्ता नभएसम्म एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले व्यक्ति स्वयंले बन्दसूचीबाट नाम हटाउन आयोग समक्ष निवेदन दिएको जानकारी दिए ।

उनले ऐन बमोजिम व्यक्तिको माग बमोजिम बन्दसूचीबाट नाम हटाउन नमिल्ने भएकाले स्थानीय निर्वाचनमा उम्मेदवार हुन चाहेमा बन्दसूचीमा मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी नाम हटाउन आयोग समक्ष निवेदन दिनुपर्ने प्रस्ट्याए ।

यसैबीच निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने प्रस्ट्याएको छ ।

नामावलीमा मतदाताको नाम संशोधन, परिमार्जन, थपघट, हेरफेर वा सच्याउन कार्य अब स्थानीय तहको निर्वाचनपछि मात्रै हुने आयोगले जनाएको छ ।

- Advertisement -

उक्त कार्य आयोगको क्षेत्राधिकारभित्र पर्ने हुनाले सो सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन नपाइने कानुनी व्यवस्था छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img