बराहक्षेत्रमा माेटरसाइकल दुर्घटना , ७ वर्षीय छाेराकाे मृत्यु , बाबु घाइते

|

इटहरी । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बराहक्षेत्र–२ स्थित करमखोला पुल नजिकै भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर
दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् ।

तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित
भई शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय
अनुभव बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक स्थानीय ३५
वर्षीय पुष्प बस्नेतको अनुहार र बायाँ हातमा चोट लागेर घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडि
सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०८१ जेष्ठ १३, आईतवार प्रकाशित