14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

बर्डफ्लु संक्रमण ११ जिल्लामा देखियो, ६४ हजार ८ सय ७२ पन्छी नष्ट

spot_img

काठमाडौं– माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण ११ जिल्लामा देखिएको छ।

मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ।

हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३ सय ७१ गोटा अण्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको मासु नष्ट गरिसकिएको छ।

औषधिबाहेक चल्ला, मासु, अण्डा र दाना सबैमा आत्मनिर्भर घोषणा भइसकेको र जीडीपीमा साढे ४ प्रतिशत योगदान रहेको यसक्षेत्रमा बजेट अभावका कारण संक्रमण नियन्त्रण गर्न समस्या हुनु लाजमर्दो भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए।

बर्डफ्लुको आशंकामा किसानले परीक्षण गराउन खोज्दा जनशक्ति अभावका कारण समयमै परीक्षण हुन सकेको छैन। संक्रमण पुष्टि भएका स्थानमा नष्ट गर्नसमेत कर्मचारी समयमा आई नपुग्ने गुनासो किसानको छ।

नेपालमा पहिलोपटक १६ जनवरी २००९ मा झापामा बर्डफ्लुको संक्रमण देखिएको थियो। त्यसपश्चात् नेपालमा करीब २ सय ५० भन्दा बढी स्थानमा यसको संक्रमण देखिइसकेको सरकारी तथ्यांक छ।

मानिसमासमेत सर्न सक्ने यस रोगका कारण नेपालमा २०१९ मा एक जना मानिसको मृत्यु भएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img