14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा

spot_img

काठमाडौ, बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद मोहन बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा छुटेका हुन् ।

जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेका बानियाँले ‘पैसा दिन्छु’ भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरिएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img